संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु हुने, प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले महालेखा परीक्षकको त्रिसट्टिऔं वार्षिक प्रतिवेदन, २०८३ पेस गर्नुहुने, प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रश्तुत गर्नुहुने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रश्तुत गर्नुहुने, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रश्तुत गर्नुहुने, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रश्तुत गर्नुहुने, आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुने । आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रश्तुत गरिने, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रश्तुत गरिने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, सभामुखले प्रतिनिधि सभाका पूर्वसदस्य राजेन्द्र खरेलको शोक प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply

ताजा समाचार