काठमाडौं ।
नेपालमा पत्रकारविरुद्धको आक्रमण बढ्दै गइरहेको विज्ञहरुले औंल्याएका छन् । सोमवार काठमाडौंमा जारी मानव अधिकार रक्षकहरुको राष्ट्रिय सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले, डिजिटल अधिकार नेपालका प्रमुख सन्तोष सिग्देल, पत्रकार आरती रायलगायतका वक्ताहरुले मानव अधिकार रक्षकको रुपमा रहेको पत्रकारहरुमाथिको आक्रमण बढेको गएको तथ्य खुलाउनुभएको हो । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले सत्तामा पुग्ने बित्तिकै राजनीतिक दलहरुको पहिलो निशानामा पत्रकारहरु पर्ने गरेको अनुभूति नै सुनाउनु भयो । उहाँले आफना कमजोरी पत्रकारहरुले जनतामाझ पु¥याउँछन भन्ने भयले दलहरु सत्तामा पुग्ने वित्तिकै उनीहरुको निशाना पत्रकारितमाथि हुने गरेको तथ्य सार्वजनिक गर्नुभयो । माओवादी द्वन्द्वकालको शुरुमा उनीहरुले पत्रकारहरुलाई आफनो जीवनको रक्षाका लागि उपयोग गरेपनि पछि उनीहरुले आफू शक्तिमा पुगेपछि आफनो विभिन्न प्रकरणहरु बाहिर आउने डरले पत्रकारहरुमाथि आक्रमण गरेको गाउँको भनाई थियो ।
अधिवक्ता समेत रहनुभएका डिजिटल अधिकार नेपालका प्रमुख सन्तोष सिग्देलले सूचना र प्रविधिको उच्चतम उपयोग गर्दै पत्रकारविरुद्धको आक्रमण बढ्दै गएको बताउनु भयो । उहाँले आफू अनुकूल नभएपछि अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले समेत पत्रकारविरुद्ध साईबर क्राईममा जान्छु भनेर धम्की दिएको दृष्टान्त पेश गर्दै वर्तमान सरकारले पनि पत्रकारहरुमाथि दुःख दिनेगरी विभिन्न हर्कत गरिरहेको जिकिर गर्नुभयो । प्रविधिमार्फत समन्वयात्मक ढंगले मानव अधिकारको रक्षकको रुपमा रहेका पत्रकारहरुविरुद्धको आक्रमण बढिरहेको प्रमुख सिग्देलको भनाई थियो । पत्रकार आरती रायले यौन हिंसालगायतका अपराधिक घटनाको अनुसन्धानका लागि सम्बन्धित सरकारी निकायले सूचना माग्न जाँदा सास्ती दिएको खुलासा गर्नुभयो । यौन हिंसामा कुनै ठूलो व्यक्ति संलग्न रहेकोबारे सम्बन्धित निकायको धारणा माग्न जाँदा राष्ट्रिय महिला आयोग लगायतका निकायले सूचना नदिएर दुःख मात्रै दिने गरेको उहाँको भनाई थियो । पत्रकार रायले सरकारी निकायले कुनैपनि अपराधिक घटनाको विषयमा सूचना दिनु भन्दा त्यसलाई टार्नका लागि अनेक बहाना बनाउने गरेको पनि बताउनु भयो । पत्रकार रायले कुनैपनि सामाजिक अपराधिक घटनाको सूचना माग्ना जाँदा पत्रकारहरु आफैँले मानसिक सजाय भोग्नुपर्ने अवस्था आउने गरेको पनि बताउनु भयो ।




