काठमाडौं ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रसायनिक मलको परनिर्भरता कम गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । .बुधवार आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले रसायनिक मलको परनिर्भरता कम गर्नका लागि सरकारले जैविक, प्राङगारिक मलको उपयोग बढाउन आवश्यक बजेटको समेत व्यवस्था गरेको बताउनु भयो । त्यसैगरी मन्त्री चौधरीले मलको लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता अर्थ मन्त्रालयले जनाएको जानकारी समेत दिनुभयो । उहाँले मलको वितरणलाई पारदर्शी बनाउनका लागि तीन वटै तहको सरकारले सहकार्य गरेर अघि बढने व्यवस्था गरिएको पनि स्मरण गराउनु भयो । मन्त्री चौधरीले आगामी आर्थिक वर्षको मलको आपूर्ति र व्यवस्थापन कार्ययोजना पनि तयार भइसकेको बताउनु भयो ।मन्त्री चौधरीले सरकारले किसानलाई राहत दिनका लागि आवश्यक अनुदान बजेटको पनि व्यवस्था गरेको बताउनु भयो ।




