तीन वटै तहको सरकारको सहकार्यमा मुलुकमा रोजगारीको अवसर सृजना गरिनेछः मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

तीन वटै तहको सरकारको सहकार्यमा मुलुकमा रोजगारीको अवसर सृजना गरिनेछः मन्त्री यादव

काठमाडौं ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दाबी गर्नुभएको छ । बुधवार आफनो मन्त्रालयसम्बन्धि विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री यादवले नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचनालाई स्पष्ट पार्ने काममा सरकारले ध्यान दिएको पनि बताउनु भयो । उहाँले मन्त्रालयका लागि बजेटको आवश्यक्ता भएमा तत्काल निकासा गर्न सकिने अवस्था रहेको मन्त्री यादवको भनाई थियो  ।मन्त्री यादवले विदेशमा गएकोहरुको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरुको तथ्यांक संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको बताउनु भयो ।

Leave a Reply