काठमाडौं ।
इण्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा मंगलबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । इण्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा भूभौतिकी एजेन्सीले भूकम्पको पुष्टि गर्दै यसबारे जानकारी दिएको हो । एजेन्सीकाअनुसार स्थानीय समय अनुसार मंगलवार बिहान १०ः२७ बजे (०३ः२७ जीएमटी) उक्त भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पका कारण हालसम्म कुनै मानवीय क्षति वा भौतिक संरचनामा पुगेको क्षतिको आधिकारिक विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् ।




