कोकाकोला नेपालको 'कोक खाम् रसिया जाम’ क्याम्पेन | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

कोकाकोला नेपालको ‘कोक खाम् रसिया जाम’ क्याम्पेन

काठमाडौं, ८ फागुन । कोकाकोला नेपालले आफ्ना ग्राहकका लागि ‘कोक खाम् रसिया जाम’ क्याम्पेन सार्वजनिक गरेको छ । विश्वकपको ४० औँ प्रायोजक कोकाकोलाले ल्याएको कयाम्पेन अन्तर्गत ४० जना भाग्यशाली ग्राहकले कोकाकोलाकै खर्चमा रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउने छन् ।

यसका साथै हरेक दिन २ सय ग्राहकले स्पिकर, हेडफोन, पेन ड्राइभजस्ता उपहार प्राप्त गर्नेछन् भने हरेक दिन २ जनाले २४ इन्चको टेलिभिजन जित्न सक्ने कम्पनीले जनाएको छ । पुरै क्याम्पेनमा १२ हजार ६ सय जनाले विभिन्न प्रकारका उपहार जित्न सक्नेछन् ।