राष्ट्रियसभा सदस्यमा तीनजना मनोनयन | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

राष्ट्रियसभा सदस्यमा तीनजना मनोनयन

काठमाडौँ, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीन जनालाई मनोनयन गरेकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा. युवराज खतिवडा, रामनारायण बिडारी  र डा. विमला पौडेललाई भण्डारीले आज मनोनयन गरेकी हुन् ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभामा सिफारिस गरेको थियो । ओली सरकारले उनीहरुको नाम रद्द गरी नयाँ ३ जनाको नाम सिफारिस गरेको हो ।

५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना चुनावबाट निर्वाचित भएका छन् भने तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना निर्वाचित भइसके पनि ३ जना भने मंगलबार मात्र नियुक्त भएका छन् । याे संगै राष्ट्रियसभाले पूर्णता पाएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);