काठमाडौँ ।
विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले अर्थमन्त्री वाग्लेको राजीनामा माग गरेको हो । करका दरमा गरेको संशोधनलाई लिएर गम्भीर प्रश्न उठाउँदै उहाँ निष्पक्ष छानबिन नहुँदासम्म वाग्लेले नैतिकताको आधारमा पदबाट अलग रहनुपर्ने बताउनु भयो ।
करका दरमा भएको संशोधनको विषयमा निष्पक्ष छानविन गरी सुशासनको मानक स्थापना गर्न समेत ओलीले सरकारको ध्यानाकर्षण गराउनु भयो ।सदमा प्रश्तुत गरिएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेभसाइटमा राखिएको आर्थिक विधेकमा करका दरमा एकरुपता नभएको भन्दै अर्थमन्त्री वाग्लेको चर्को आलोचना भइरहेको छ । –




