साउन २१ , काठमाण्डौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आन्तरिक स्रोतको प्रयोग गर्दै मुलुकलाई आर्थिक विकासमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री कार्कीले नेपालको जलस्रोत पर्यटन र कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै दिगो आर्थिक विकासमा अघि बढ्नुपर्ने बताउनुभयो । आर्थिक विकासका लागि राजनीतिक स्थायीत्व हुुनुपर्ने भन्दै उहाँले सरकार तीनै तहको निर्वाचन सम्पन्न गरी आर्थिक विकासको अभिभारा पुरा गर्न प्रदिबद्ध रहेको बताउनुभयो ।
उहाँले दिर्घकालिन महत्व राख्ने राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।




