काठमाडौँ ।
संघीय संसद कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ । बुधवार सिंहदरवारमा बसेको समितिको बैठक दफावार छलफल गरी सो कार्यविधि सर्वसम्मति पारित गरिएको हो । समितिका सदस्यहरुले सुझावहरुलाई समेत समेटिएर उक्त कार्यविधि पारित गरिएको समितिकी सभापति समिक्षा बास्कोटाले बताउनु भयो । उहाँले उक्त कार्यविधिमा प्रतिनिधि सभा नियमावली गरिएको नयाँ व्यवस्थाहरु पनि समावेश गरिएको बताउनु भयो । बैठकमा सांसदहरुले संवैधानिक आयोगका प्रतिवेदनहरु कार्यान्वयनका लागि सरकारलाई दवाव दिनुपर्नेमा जोड दिएका थिए ।




