हिमाली र पहाडी भू–भागमा वर्षा तथा हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

हिमाली र पहाडी भू–भागमा वर्षा तथा हिमपातको सम्भावना

देशको हिमाली तथा पहाडी भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार दिउँसो देशका हिमाली र पहाडी भेगमा साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ । यस अवधिमा हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, रातिको समयमा हिमाली भू–भागमा साधारणतया बदली र पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भाग लगायत वागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply