आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने घोषणा

काठमाडौं, ७ फागुन । सरकारले आमसंचार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेको छ । सूचना तथा संचार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जनतालाई सही सूचना दिन उन्नत स्तरको आम संचार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय समाचार समितिको ५७ औँ वार्षिकउत्सव कार्यक्रममा उनले समाचारका सबै सामग्रीहरु व्यवस्थापन हुनेगरी प्रतिष्ठान स्थापना गर्ने विषयमा छलफल भईरहेको जानकारी दिए ।

पत्रकारहरुको पेशागत तथा व्यावसायिक क्षमता अभिवृद्धिको लागि सरकारी तवरबाट प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्न माग हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);