नेपाल वायुसेवा निगमको निजीकरणप्रति असहमति हर्क राईको असहमति | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

नेपाल वायुसेवा निगमको निजीकरणप्रति असहमति हर्क राईको असहमति

काठमाडौँ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल वायुसेवा निगमको निजीकरणप्रति असहमति जनाउनुभएको छ । शुक्रवार सङ्घीय संसदको संयुक्त सदनमा बजेट प्रश्तुत भइरहेका बेला अध्यक्ष राई विशेष कामको कारण देखाउँदै बैठकको बीचैमा निस्किनुभएको थियो । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहँँले आफूले बजेट बहिष्कार नगरेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफदेही बनेका कारण आफ्नो आन्दोलनको औचित्य पूरा भएको र अहिले विशेष व्यक्तिगत कार्य व्यस्तताले गर्दा निस्कनुपरेको उहाँले बताउनु भयो । बजेटका प्रारम्भिक बुँदाहरूमाथि टिप्पणी गर्दै अध्यक्ष राईले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सरकारको योजनाप्रति असहमति व्यक्त गर्नुभयो । सरकारी निकायहरूलाई निजी क्षेत्रलाई सुम्पिनु भनेको अन्ततः ती निकायहरू बेच्नु सरह भएको उहाँको तर्क छ । विगतमा पनि सरकारी कलकारखानाहरू बन्द गर्ने र सम्पती विक्री गर्ने प्रवृत्तिले देशलाई घाटा पु¥याएको उल्लेख गर्दै उनले निगमको हकमा पनि त्यस्तै हुन लागेको भन्दै आपत्ति जनाउनु भयो ।  उहाँले बजेटका सबै विषयवस्तुमाथि पछि विस्तृत अध्ययन गरी आफ्नो धारणा र टीकाटिप्पणी सार्वजनिक गर्ने जानकारी दिनुभयो ।–

Leave a Reply