जेन–जी आन्दोलनका ध्वस्त भएका सरकारी भवनको पुनर्निर्माण गर्न बजेटमै व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

जेन–जी आन्दोलनका ध्वस्त भएका सरकारी भवनको पुनर्निर्माण गर्न बजेटमै व्यवस्था

काठमाडौँ ।

सरकारले गत भदौको जेन–जी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रवलिकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिने भएको छ । संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसका लागि बजेटमै व्यवस्था गरिएको बताउनुभएको हो । उहाँले जाजरकोट तथा रुकुमपश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त र सरकारी आवास पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरिएको बताउनु भयो ।

हालसम्म सडक सञ्जालसँग नजोडिएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढाइने बताउनु भयो ।उहाँले देशभर झोलुंगे पुल निर्माण गर्न ५ अर्ब १४ करोड बजेट विनियोजन गरेको बताउनु भयो

Leave a Reply

ताजा समाचार