काठमाडौँ ।
आज प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बिहान ९ बजे बस्ने समितिको बैठकमा किसानले बाली लगाउने मौसम शुरु हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था, वितरण प्रणालीलगायतका विविध पक्षहरुमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीहरूसँग विस्तृत छलफल हुनेछ ।




