प्रतिनिधि सभाका दुई समितिको बैठक आज, मन्त्रालयको प्रगति र बेरुजुबारे छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

प्रतिनिधि सभाका दुई समितिको बैठक आज, मन्त्रालयको प्रगति र बेरुजुबारे छलफल हुने

काठमाडौँ ।

संघीय संसद अन्तर्गतका दुई महत्वपूर्ण संसदीय समितिका बैठकहरू आज बस्दैछन् । सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयको कार्यप्रगति समीक्षा र बेरुजु न्युनिकरण लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १२ः३० बजे सिंहदरबारमा बस्ने तय भएको छ । उक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ । यसका साथै, समितिले होल्डिङ सेन्टरहरूको स्थलगत अवलोकनपश्चात तयार पारेको प्रतिवेदनका विषयमा समेत छलफल गरिने जनाइएको छ । त्यसैगरी, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । उक्त बैठकमा बेरुजुको परिमाण उच्च रहेका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूलाई सहभागी गराई बेरुजु न्युनिकरण गर्ने सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । पछिल्लो समय बेरुजुको आयतन बढ्दै गएकाले त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा समितिले सम्बन्धित अधिकारीहरूसँग परामर्श गर्न लागेको हो ।

Leave a Reply

ताजा समाचार