ओलीको प्रस्तावमा राजपा र फोरमको ग्रिन सिग्नल | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

ओलीको प्रस्तावमा राजपा र फोरमको ग्रिन सिग्नल

rajapa n foram

काठमाडौं,६ फागुन । मधेसकेन्द्रित राजपा, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ग्रिन सिग्नल देखाएका छन् । संविधान संशोसध र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा साभागी हुने विषयमा छलफल गर्न सकारात्कम देखिएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुनुअघि राजपा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग छुट्टछुट्टै भेट गरी आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । स्रोतका अनुसार ओलीले ठाकुरसँग काठमाडौंको एक होटलमा र यादवसँग आफ्नै निजी निवास बालकोटमा कुराकानी गरेका थिए ।  समाचारमा लेखिएको छ, वार्तामा ओलीले आफू संविधान संशोधन विरोधी नभएको भन्दै मधेसलाई समेटेर अघि बढ्ने बताएका थिए ।

नीत नेताबीच बीच सरकार गठन हुनअघि अर्को चरणमा कुराकानी गर्ने सहमति भएको थियो । तर, माओवादी केन्द्रसँगको एकता प्रक्रियामा ओली व्यस्त भएकाले अर्को चरणको कुराकानी नभएको स्रोतको भनाइ छ । आजको नागरिक दैनिकमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);