नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्छः डा. महत | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्छः डा. महत

काठमाडौँ 

नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको वर्तमान नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टी एकताका लागि नेतृत्वलाई थप जिम्मेवार बन्न आग्रह गर्नुभएको हो । नेता महतले आफूहरू पार्टीमा कुनै पनि किसिमको विग्रह नचाहने र सदैव एकताको पक्षमा रहेको स्पष्ट पार्नुभयो । डा. महतले एक पक्षले मात्र निर्वाचित गरेको आधारमा नेतृत्वले स्वेच्छाचारी ढंगले चल्न नहुने उहाँको तर्क छ । पार्टीलाई व्यक्ति नभई संस्थाका रूपमा बलियो बनाउने अभियानमा आफूहरू लागेको बताउँदै उहाँले कुनैपनि दुविधामा नपर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

पार्टी विभाजन गर्ने आफूहरूको कुनै मनसाय नरहेको स्पष्ट पार्दै उहाँले एकताका लागि नेतृत्वले निश्चित आधार तय गर्नुपर्ने र ती आधारप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । १५ औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सहमतिको ‘साझा संयन्त्र’ निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार