कुटनीतिक नियोगहरुमार्फत मुलुकको कुटनीति सफल बनाउन लागि परौँः सभामुख अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८३, शुक्रबार

कुटनीतिक नियोगहरुमार्फत मुलुकको कुटनीति सफल बनाउन लागि परौँः सभामुख अर्याल

काठमाडौं ।

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुनेगरी नेपालको कुटनीतिलाई अघि बढाउन संवद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ ।नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रवार काठमाडौंमा आयोजना गरेका एक कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सभामुख अर्यालले कूटनीतिक नियोगहरुको सहभागितामा कुटनीतिक सफलताको नयाँ अध्याय शुरु गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले नेपालको राष्ट्रिय महत्व बुझाउनका लागि अन्तर्राष्ट्रिय विज्ञहरुको उपस्थितिमा जनसहभागितामूलक कार्यक्रममा जोड दिन आवश्यक रहेको पनि बताउनु भयो । शिक्षाको माध्यामद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता र जनसहभागिताका कार्यक्रमहरुद्वारा राष्ट्रिय महत्व बुझाउन जरुरी रहेको उल्लेख गर्दै सभामुख अर्यालले त्यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने पनि बताउनु भयो । सभामुख अर्यालले नेपालले राष्ट्रिय नीतिका लक्ष्यहरु पूरा गर्नका लागि अझ धेरै मेहनत गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार