सभामुख अर्यालको आग्रह- ‘सरकारलाई घण्टी बजाएर खबरदारी गर्नुस्’ | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८३, शनिबार

सभामुख अर्यालको आग्रह- ‘सरकारलाई घण्टी बजाएर खबरदारी गर्नुस्’

काठमाडौँ ।

सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भुमिका आवश्यक रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सरकार गलत दिशामा गएमा वा काम गर्नमा ढिलाइ भएको अवस्थामा घण्टी बजाएर सचेत गराउन आग्रह गर्नुभयो । उहाँले कानून निर्माण प्रक्रियामा सुझाव दिन र सरकारका कमजोरीप्रति समयमै सचेत गराउन आग्रह गर्नुभयो । सभामुख अर्यालले देशमा सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो ।

विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने अवस्था निर्माण गर्नुपर्ने तथा नेपाललाई बस्न र लगानी गर्न उपयुक्त राष्ट्रका रूपमा विकास गर्नुपर्ने उहाँको भनाई छ । नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूलाई विश्वसामु प्रभावकारी रूपमा प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै उहाँले लुम्बिनी, सगरमाथा, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, जानकी मन्दिर तथा पाथीभरा मन्दिरजस्ता गन्तव्यहरूले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख केन्द्र बनाउन सक्ने बताउनु भयो ।उहाँले देशको संविधानलाई समयानुकूल बनाउन आवश्यक सुधार र संशोधनका विषयमा पनि ठोस सुझाव दिन आग्रह गर्नुभयो ।

Leave a Reply