विश्वकप छनोट क्रिकेट: अवसर र चुनौती दुवै | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

विश्वकप छनोट क्रिकेट: अवसर र चुनौती दुवै

cricket

एजेन्सी, ५ फागुन । दुई हप्तापछि नेपाल अर्को ठूलो अन्तर्राष्ट्रिय क्रिकेटको परीक्षामा होमिंदैछ। जिम्बाब्वेमा हुने एक दिवसीय विश्वकप छनोट प्रतियोगिता नेपालका लागि एकातिर उत्कृष्ट दुई स्थानभित्र परेर विश्वकपमा प्रवेश गर्ने बाटो हुन सक्छ भने कम्तीमा पुछारको दुई स्थानभित्र पर्नबाट जोगिएमा नेपाल डिभिजन २ मा फर्किनुपर्ने छैन।

टेष्ट खेल्ने र एक दिवसीय मान्यता पाएका गरी १० राष्ट्र सम्मिलित सो छनोट प्रतियोगिता नेपालका लागि चुनौती र अवसर दुवै हो। जिम्बाब्वेमा दुई हप्तापछि हुने विश्वकप छनोट नेपालले खेल्ने अन्तर्राष्ट्रिय क्रिकेटको ठूलो र कठिन प्रतियोगितामध्ये हुन सक्ने क्रिकेट खेलाडीहरू बताउँछन्।

अवसर

उक्त प्रतियोगितामा के पनि छ भने यसले नेपाललाई एक दिवसीय मान्यता पाएका राष्ट्रहरूसँग पहिलो पटक र टेष्ट मान्यताप्राप्त राष्ट्रहरूसँग दोस्रो पटक सामना गर्ने अवसर दिएको छ। अफगानिस्तान, हङकङ, स्कटल्याण्ड र जिम्बाब्वे रहेको समूहमा नेपाल परेको छ।उनीहरूसँगको प्रतिस्पर्धा नेपाली क्रिकेटलाई प्रमाणित गर्ने अर्को क्षण हुने खेलाडीहरू ठान्छन्।

चुनौती

नेपाल क्रिकेट संघका प्रमुख कार्य सञ्चालन अधिकृत छुम्बी लामाका अनुसार १० राष्ट्र सम्मिलित प्रतियोगिताको कम्तीमा पुछारको दुई स्थानमा पर्नबाट जोगिए नेपालले अन्य अवसरसहित एक दिवसीय मान्यता पाउनेछ।

उनले भने, “१० राष्ट्रमा चारवटा टेष्ट मान्यता प्राप्त राष्ट्र भइहाले। त्यो बाहेक बाँकी चारवटा राष्ट्रले एक दिवसीय मान्यता पाउनेछ। पुछारको रहेका दुई टोली भने फेरि डिभिजन २ मा झर्ने आइसीसीले जनाएको छ। बाँकी प्रतियोगिताको निर्णय पनि चाँडै हुने बताइएको छ। “

त्यसका लागि सुधारिएको खेल खेल्नुपर्ने चुनौती खेलाडीहरूसामु छ। प्रतियोगिताका लागि दुई हप्ता मात्र बाँकी भएकोले नेपाललाई थप अभ्यासको समय छैन।

चिन्ता
त्यसैले मुख्य चिन्ताको विषय रहेको ब्याटिङ सुधार्न १५ वर्ष राष्ट्रिय टोलीका प्रारम्भिक ब्याट्सम्यान रहेका परेश लोहनी सुझाव दिन्छन्।

उनले भने, ” मानसिक रूपमा तयार हुनुपर्छ। म क्रिजमा बस्छु। के छ र तीनवटा डट बल खाउँ। मेडन ओभर खाउँ। नन स्ट्राइक जाने र रन लिन जरूरी छ। त्यसो हुनासाथ विश्वास बढ्छ। यो त ५० ओभरको खेल हो २० ओभरको होइन नि।” हङकङ र अफगानिस्तानसँग बारम्बार खेलिरहेको हुनाले पुरानो अनुभव नेपालका लागि उपयोगी हुन सक्ने पनि ठानिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);