धर्मेन्द्र बास्तोलाको आरोपः बालेन्द्र नेतृत्वको सरकार साम्राज्यवादी दलालहरुको एजेन्ट हो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

धर्मेन्द्र बास्तोलाको आरोपः बालेन्द्र नेतृत्वको सरकार साम्राज्यवादी दलालहरुको एजेन्ट हो

काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले बालेन्द्र साह नेतृत्वको वर्तमान सरकार साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपबाट बनेको आरोप लगाउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव बास्कोटाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले जनताको जेन–जी आन्दोलनलाई साम्राज्यवादका एजेन्टहरूले अपहरण गरी तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार गठन गरेको आरोप पनि लगाउनु भयो ।

उहाँले २१ फागुनको चुनावबाट आउने सरकार जुनसुकै दलको भएपनि साम्राज्यवादकै दलाल हुने भएकाले नेकपा बहुमतसहित चार दलले निर्वाचन बहिष्कार गरेको टिप्पणी गर्नुभयो । बास्कोटाले राष्ट्रियताको रक्षाका लागि चुनाव खारेज गरी पुनः निर्वाचन गरिनुपर्ने आफ्नो पार्टीको अडान रहेको भएपनि त्यसो हुन नसकेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका पुराना संसदीय दलहरूलाई पनि साम्राज्यवादकै गोटीको रूपमा चित्रण गर्नुभयो । महासचिव बास्तोलाले राष्ट्रिय स्वाधीनताको रक्षा र जनआन्दोलनको वास्तविक उद्देश्य पूरा गर्न वैकल्पिक राजनीतिक मोर्चा निर्माण आवश्यक रहेको पनि बताउनु भयो ।

Leave a Reply