काँग्रेसले भन्योः सरकारले संसदको सर्वोच्चतालाई अवमूल्यन गर्‍यो | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

काँग्रेसले भन्योः सरकारले संसदको सर्वोच्चतालाई अवमूल्यन गर्‍यो

काठमाडौं । 

नेपाली काँग्रेसले सरकारको पछिल्लो कदमले कार्यपालिका संसदप्रति उत्तरदायी हुनुपर्ने लोकतान्त्रिक मान्यताको उपहास गरेको बताएको छ । सानेपामा शुक्रवार पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले यस्तो बताउनुभएको हो । राष्ट्रपतिबाट संसदको बैठक आह्वान गरिसकेपछि बैठक प्रारम्भ नै नभई सरकारको सिफारिसमा स्थगित गरिनु संसदीय राजनीतिक प्रणालीको परम्परा विपरितको अभ्यास भएको उहाँले टिप्पणी गर्नुभयो ।

कार्यपालिकाले व्यवस्थापिकालाई एउटा औजारको रुपमा मात्र प्रयोग गर्न खोज्नु चिन्ताको विषय भएको बताउनु भयो । संसद नीति निर्माण र संवादको थलो भएकोले यसलाई सोही गरिमा र उचाईबाट व्यवहार गरिनुपर्ने उहाँको माग छ ।पावर विदाउट एकाउन्टिबिलिटी’ हुनु नहुने भन्दै उहाँले सरकारको कार्यशैलीमा सुधार र पारदर्शिताको अपेक्षा गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार