डेब्यू सिरिजको कप्तानीबाट अलराउण्डर दीपेन्द्रलाई अवसर ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

डेब्यू सिरिजको कप्तानीबाट अलराउण्डर दीपेन्द्रलाई अवसर !

 सोमबारदेखि कट्टर प्रतिद्व्रन्दी यूएईसँग नेपालले टि २० सिरिज खेल्दैछ । नेपालको घरेलु त्रिवि क्रिकेट मैदानमा हुने टि २० सिरिजमा नेपाली टोलीको कप्तान दिपेन्द्र सिंह ऐरी हुनेछन् । नियमति कप्तान रोहित पौडैल टि २० टोलीमा नअटाएपछि ऐरीले कप्तानी गर्ने भएका हुन । तर ओडिआईमा भने रोहित पौडैल नै कप्तान रहका छन् । दुई फरक फम्र्याटका लागि फरक कप्तान र टोलीको नयाँ अवधारणा औपचारिक रूपमा कार्यान्वयनमा समेत आउने भएको छ । यो निर्णयले नेपाली क्रिकेटको भविष्यमा रणनीतिक स्पष्टता र विशेषज्ञता ल्याउने अपेक्षा गरिएको छ ।

 

-सुर्जन बाेहरा
नेपाली क्रिकेटले अहिले दुई फर्याम्यार्ट मात्रै खेल्छ । टि २० आई र ओडिआई दुबै फर्म्याटमा नेपाली टोलीबाट एउटै व्यक्तिले कप्तानी गर्दै आएको छ । तर अब त्यो अध्याय लगभव समाप्त भएको छ । क्यानले टि २० र ओडिआईमा फरक फरक कप्तान सहितको टोली घोषणा गरेको छ । टि २० मा दीपेन्द्रसिंह एैरी र ओडिआईमा नियमित कप्तान रोहित पौडेल छन् । सोमबार हुने घरेलु मैदान कीर्तिपुरमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध टी–२० सिरिज खेल्दै छ । जसको कप्तानी दीपेन्द्र सिंह एैरीले गर्देछन् । अहिलेसम्म नेपाली क्रिकेट टोलीको उपकप्तान रुपमा रहेका एैरीले यो सिरिजमा टोलीको नेता भएर युएईविरुद्ध कप्तानी गर्देछन् ।

नियमित कप्तान रोहित पौडेल भने यस सिरिजको टोलीमा अटाएका छैनन् । तर पनि लिग दुईको सिरिजमा भने रोहितको कप्तानीमा टोलीको घोषण गरी सकेको छ । यो खेलसँगै नेपाली क्रिकेटमा दुई फरक फम्र्याटका लागि फरक कप्तान र टोलीको नयाँ अवधारणा औपचारिक रूपमा कार्यान्वयनमा आउने समेत भएको छ । नियमित कप्तान र सिनियर खेलाडीको अनुपस्थितिमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाली टोलीको नेतृत्व सम्हाल्दै छन् । युवा खेलाडीको बाहुल्यता रहेको यो टोलीले टी–२० मा नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा समेत राखिएको छ । नेपाल र यूएई साढे दुई वर्षपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आमनेसामने हुन लागेका छन् । यी दुई टोलीबीच हालसम्म भएका ११ वटा टी–२० भेटमा कीर्तिपुरमा भने एक पटक मात्र खेल भएको छ, जसमा यूएई विजयी भएको थियो । यो सिरिजमा नेपाली टोलीमा अनुभवी अनुहारसँगै युवा खेलाडीलाई प्राथमिकता दिइएको छ ।

सोमबार साँझ ५ बजेदेखि सुरु हुने खेलमा सन्दीप लामिछाने, कुशल भुर्तेल र कप्तान दीपेन्द्रसिंह ऐरी जस्ता सीमित अनुभवी खेलाडी मैदानमा हुनेछन्, र खेलमा युवा खेलाडीले अवसर पाउँने भएका छन । युवा खेलाडीका लागि अवसर पाउँने सन्तोष यादव, हेमन्त धामी र नन्दन यादव जस्ता युवा खेलाडीको खेल हेर्न सकिने छ । भ्रमणकारी टोली यूएईले खेलको अघिल्लो दिनसम्म टोली सार्वजनिक गरेको छैन । यूएईका कप्तान मोहम्मद वासिम, अलिशान सराफू र जुनेद सिद्दिकी नेपाल आइसकेका छन् । यूएईले पनि यो सिरिजमा केही नयाँ खेलाडीलाई मौका दिने तयारीमा रहेको छ । साथै नेपालको इतिहासमा यो सिरिज आधुनिक स्तरको क्रिकेट मैदानमा रात्रिकालीन हुने भएको छ ।

नेपालमा अन्थर्राष्ट्रिय स्तरको खेल रात्रिकालीन हुन लागेको पहिलो पटक हो । यूएईविरुद्धको शृंखला फ्लडलाइट मुनि खेलिनेछ, जसले नेपाली टोलीलाई आधुनिक क्रिकेटको वातावरणमा अभ्यस्त हुन मद्दत गर्नेछ । नेपालको घरेलु मैदानमा दर्शकहरुको साथ हरेक खेलमा रहदै आएको छ । अन्तर्राष्ट्रिय सिरिजमा दर्शकको बाक्लो उपस्थिति नहुने कुरै भएन । यो सिरिजमार्फत् नेपाली क्रिकेटको नयाँ चित्र कोर्ने अपेक्षा पनि गरिएको छ । यो सिरिजमा नियमित कप्तान रोहित टोलीमा अटाएका छैनन् । सिरिज दिपेन्द्रको कप्ताानीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल रहेका छन् । यस्तै वैकल्पिक खेलाडीका रूपमा प्रतिश जिसी, नारायण जोशी र राशिद खानलाई राखिएको छ ।

दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, लोकेश बम, अर्जुन साउद, सन्दीप जोरा, कुशल मल्ल, गुल्सन झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने र हेमन्त धामी सिनियर खेलाडी रहेका छन् । नियमित कप्तान पौडेल टोली नहुनु र दिपेन्द्रले टोली समाल्ने मौका पाउँनुलाई नेपाली क्रिकेट र दर्शकले निकै अर्थपूर्ण रुपमा हेरका छन् । ऐरीका लागि यो अवसरको मौका पनि हुनसक्छ । नेपाली टोलीमा बाहिरी चर्चा नभएपनि भित्रभित्रै कप्तानी विषयमा कुराहरु उठ्ने पनि गरेका छन् । त्यस कारण पनि यो सिरिजमा ऐरीलाई निहाल्न खोजिएको हुनसक्छ ।

त्यसका साथै दिपेन्द्रसिंह ऐरी एनपिएलमा सुदूरपश्चिम रोयल्सका कप्तान पनि हुन् । उनले दुवै सिजनमा टोलीलाई फाइनलसम्म पनि पु¥याएका छन् । तर उपाधि भने हात पार्न सकेका छैनन् । आक्रामक नेतृत्वका दीपेन्द्र आफ्नो पावर–हिटिङ र आक्रामक खेल शैलीका लागि चिनिन्छन्, जुन टी–२० संरचनाका लागि उपयुक्त मानिन्छ । डेब्यू शृंखलामा उनले वैशाख ७ र ८ गते कीर्तिपुरमा हुने यूएईविरुद्धको टी–२० शृंखलाबाट कप्तानी यात्रा सुरु गर्दैछन् । अनुभव र क्षमताका लागि उनी हाल टी–२० आई क्रिकेटका शीर्ष अलराउन्डरमध्ये एक हुन् र भर्खरै सम्पन्न टी–२० विश्वकप २०२६ मा नेपाललाई सफलता दिलाउन महत्वपूर्ण भूमिका पनि खेलेका थिए ।

Leave a Reply