डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर ३० रूपैयाँले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर ३० रूपैयाँले वृद्धि

काठमाडाैं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको हो ।

पेट्रोलको मूल्य भने यथावत् छ । नयाँ मूल्यसूची अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धमा प्रतिलिटर पाँच रुपैयाँ बढेको छ । परिवर्तित मूल्य अनुसार, डिजल र मट्टीतेलको प्रतिलिटर दुई सय ३७ रुपैयाँ पुगेको छ भने हवाई इनधनको प्रतिलिटर दुई सय ५६ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची अनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर तीन सय ३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।

पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply