अमेरिका र इरानबीचको युद्धविराममा पाकिस्तानले शान्ति प्रयास जारी राख्छः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

अमेरिका र इरानबीचको युद्धविराममा पाकिस्तानले शान्ति प्रयास जारी राख्छः प्रधानमन्त्री

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीचको युद्धविराम यथावत रहेको बताउनुभएको छ । साथै उहाँले यस क्षेत्रमा संवाद सहज बनाउन र स्थायी शान्ति प्रवर्द्धन गर्न पाकिस्तानले आफ्ना प्रयासहरू जारी राख्ने समेत उल्लेख गर्नुभयो ।

संघीय मन्त्रिपरिषद्लाई टेलिभिजनमार्फत सम्बोधन गर्दै शरीफले आजका दिनमा पनि युद्धविराम कायम रहेको र बाँकी रहेका विवादित विषयहरू समाधानका लागि प्रयासहरू भइरहेका बताउनुभयो । उहाँले हालै सम्पन्न इस्लामावाद वार्तालाई एक ऐतिहासिक क्षणका रूपमा चित्रण गर्दै यसले मडारिरहेको युद्धको बादललाई स्थायी शान्तिमा बदल्ने अवसर प्रदान गरेको बताउनुभयो ।

इस्लामावाद वार्ताको सन्दर्भमा बोल्दै उहाँले इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच २१ घण्टासम्म प्रत्यक्ष आमनेसामने वार्ता भएको जानकारी दिनुभयो। उहाँले यसलाई कुटनीतिक संलग्नताको दिशामा एक महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गर्नुभयो ।

Leave a Reply