काठमाडाैं । प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ ।
समितिले प्रतिनिधि सभाको नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ ।
गणेश पराजुलीको सभापतित्वमा गठित १५ सदस्यीय समितिको यो बैठकले संसद सञ्चालनका लागि आवश्यक संशोधन र नयाँ प्रावधानहरूबारे छलफल गर्दैछ । समितिका सदस्यहरूले नियमावलीका विभिन्न अध्याय तथा दफाहरूमा संशोधन प्रश्ताव ल्याउने र छलफल गर्ने क्रममा छन् ।
बैठकमा नियमावलीलाई समसामयिक बनाउने, संसदीय प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउने विषयमा जोड दिइएको छ । यो समिति गठन भएपछि नियमावली मस्यौदा तयार पार्ने काम तिब्र रूपमा अगाडि बढेको छ । बैठकको नतिजा अनुसार नयाँ नियमावली प्रतिनिधि सभामा पेश हुने अपेक्षा गरिएको छ । बैठकमा समितिका सबै सदस्यहरूको सक्रिय सहभागिता रहेको छ ।





