पेट्राेलिय पदार्थकाे मूल्य बढ्याे, खाना पकाउने ग्यासमा पनि एक सय रूपैयाँले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

पेट्राेलिय पदार्थकाे मूल्य बढ्याे, खाना पकाउने ग्यासमा पनि एक सय रूपैयाँले वृद्धि

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भएको कारण नयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको हो ।

नेपाल आयल निगमले गतराति १२ः०० बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल/मट्टितेलमा २५ रूपैयाँ वृद्धि गरेको हो।

यस्तै, ग्यासमा एक सय रूपैयाँले वृद्धि गरिएको छ। यसरी मूल्यवृद्धि गरिँदा पनि निगमलाई १० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिएको समेत निगमले उल्लेख गरेको छ ।

Leave a Reply