काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । चैत २२ हुने सभामुख पदकाे निर्वाचनका लागि अर्यालले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।
सङ्घीय संसद सचिवालयका अनुसार आज बिहान ११ देखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकिएको छ । लगत्तै २ः३० बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।
२२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन् । उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल सकिएपछि निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ ।





