काठमाडौं, १५ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन –टू को उपाधिका लागि नेपाल र युएइएबीच प्रतिष्पर्धा भइरहेको छ । नामिबियाको विन्डहोकस्थित वन्डर्रस मैदानमा युएई टस जितेर ब्याटिङ गर्दैै छ ।
हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै नेपाल अंक तालिकामा शीर्ष स्थानमा पुगेको हो । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो । डिभिजन टू अन्तर्गत राउण्ड रोविन लिग खेलपछि अंक तालिकामा शीर्ष दुई स्थानमा रहँदै नेपाल र युएई अर्को महिना जिम्वावेमा हुने वान डे वल्र्ड कप क्वालिफायरमा छनोट भइसकेका छन् ।
आजको विजेताले वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी र नेदरल्यान्ड्ससँगको समूहमा स्थान पाउनेछ भने उपविजेता अफगानिस्तान, स्कटल्यान्ड, जिम्बावे र हङकङसँगको समूहमा रहनेछ ।