नागरिकमैत्री भएर सेवा प्रदान गर्न प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

नागरिकमैत्री भएर सेवा प्रदान गर्न प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन गर्नुभएको छ । मन्त्री गुरुङले बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर स्थलगत अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा उहाँले नागरिकमैत्री, स्वच्छ र पारदर्शी भएर सेवा प्रदान गर्न प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले प्रहरीलाई आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

गृहमन्त्री गुरुङलाई परिसरबाट भइरहेको काम कारबाहीका बारेमा परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी गराउनुभएको थियो ।

Leave a Reply