विधिपूर्वक सूर्यलाई अर्घ्य दिएसँगै समापन भयाे 'चैती छठ' | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८२, बुधवार

विधिपूर्वक सूर्यलाई अर्घ्य दिएसँगै समापन भयाे ‘चैती छठ’

काठमाडाैं । मधेसको मिथिला क्षेत्रमा मनाइने चैती छठ पर्व आज सकिएको छ । सूर्य उपासनाको गरी मनाइने वसन्तकालीन चैती छठ पर्वको चौथो दिन आज बिहान व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।

निराहार व्रतका दिन मंगलबार बर्तालुले अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘सझिया अरख’ विधि गरे । मिथिलामा वासन्ती छठलाई बोलीचालीमा ‘चैती छठ’ भनिन्छ। चौथीदेखि सप्तमीसम्म चार दिन मनाइने यो पर्व मिथिला क्षेत्रमा श्रद्धा र निष्ठाको प्रतीक मानिँदै आइएको छ । शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो ।

शरद् ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाइन्छ । कार्तिक महिनामा मनाईने छठ पर्वको तुलनामा श्रद्धालु भक्तजनहरु कम भए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ । यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ । खरनाको अवसरमा व्रतालुहरुले निराहार उपवास बसि साँझपख षष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवं विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ ।

पर्वको दोश्रो दिन अस्ताउदो सूर्यलाई अघ्र्य दिन व्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखि नै व्रतालुहरु पोखरीमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अघ्र्य दिने गर्दछन् । अघ्र्यमा मुला, उखु,भण्टा, ठकुवा, भुसवा,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । चैत्र शुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गर्ने परम्परा छ । चैती छठका लागि जनकपुरधामको गंगासागर, धनुषसागर, अरगज्जा सर लगायतका पोखरीका साथै गाउँगाउँमा श्रद्धालु भक्तजनहरु भेला भएका थिए ।

Leave a Reply