काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहान ११ बजे बस्दैछ । मंगलबारकाे बैठकका एजेण्डामाथि केन्द्रीय सदस्यहरु बोल्नेक्रम बाँकी भएकाले आज फेरि बैठक बस्न लागेकाे हाे ।
मंगलबारकाे बैठकमा २८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् । बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञसमिति गठन, १५औँ महाधिवेशन तयारी, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ सङ्घ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायतका विषयमा बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने प्रवक्ता देवराज चालिसेले बताउनुभयो ।
मंगलबारकाे बैठकमा सभापति गगनकुमार थापाले अगामी भदौ२४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गर्नुभएको छ ।





