काठमाडाैं । नेपाली बजारमा आज (आइतबार) सुनकाे मूल्यमा उच्च गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य ताेलामा १२ हजार पाँच सय रूपैयाँले घटेकाे हाे ।
आज सुनकाे मूल्य प्रतिताेला दुई लाख ८२ हजार रूपैयाँमा भएकाे छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला चार हजार पाँच सय ४० कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





