रुसद्वारा जापानलाई पुनः सैन्यीकरण नगर्न चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

रुसद्वारा जापानलाई पुनः सैन्यीकरण नगर्न चेतावनी

एजेन्सी । जापानले विगतका गल्तीहरू दोहोर्याउन नचाहे इतिहासबाट पाठ सिक्नुपर्ने र आफ्नो संविधानका शान्तिवादी प्रावधानहरू पालना गर्नुपर्ने रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बताउनुभएको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै जाखारोभाले जापानले क्रुज मिसाइल जस्ता आक्रमणकारी हतियारहरूको खरिद लगायत पुनः सैन्यीकरणतर्फ निरन्तर कदम चालिरहेको बताउनुभयो ।

यस्ता हतियारलाई रक्षात्मक हतियारको रूपमा वर्गीकृत गर्न नसकिने उहाँको भनाइ छ । रुस लगायत छिमेकी देशहरूको राष्ट्रिय सुरक्षामा सम्भावित खतरा निम्त्याउन सक्ने हतियारहरू प्राप्त गर्नेगरी सैन्य खर्चमा गरिएको तिब्र वृद्धिका विनाशकारी परिणामहरूबारे रुसले जापानलाई बारम्बार चेतावनी दिँदै आएको छ ।

जापानका नीतिहरूले क्षेत्रीय र विश्वव्यापी स्थिरतामा अत्यन्त नकारात्मक प्रभाव पारेको छ । यसले एसिया–प्रशान्त क्षेत्रमा तनाव बढाएको छ र हतियारको होडबाजीको नयाँ चरण शुरु गर्नसक्ने जोखिम बढाएको छ । यदि रुसी भूमिमा नयाँ मिसाइल खतराहरू देखा परेमा, रुसले त्यसको जवाफ दिनेछ र आफ्नो रक्षा क्षमता सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्ने उहाँले चेतावनी दिनुभयो ।

Leave a Reply