काठमाडौं, २ फागुन । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पदबाट राजीनामा दिने टुंगो भईनसकेको बताएका छन् ।
मन्त्री विश्वकर्माले निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम राष्ट्रपतिलाई बुझाए आजै नभए भोली प्रधानमन्त्री देउवाले राजीनामा दिने स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री देउवाले राजीनामा दिने समय आयोगकै कारण एकीन हुन नसकेको बताए ।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको परिणाम राष्ट्रपति समक्ष नबुझाएसम्म प्रधानमन्त्री देउवाले राजीनामा दिन नमिल्ने तर्क गरेका छन् ।
मन्त्री विश्वकर्माले सबै तहको निर्वाचन सम्पन्न भएपछि पदबाट राजीनामा दिने आफ्नो प्रतिवद्धतामा प्रधानमन्त्री देउवा कायमै रहेको बताए । सरकार मुलुकमा सबै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो दायित्व पूरा गर्न सफल भएकोमा उनले खुशि व्यक्त गरे




