काठमाडौं, १ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता संयोजन समितिबाट एकताको टुंगो लगाउने सहमति भएको छ ।
सोमबार दुई अध्यक्षबीच एकीकृत पाटीको नेतृत्व, राजनीतिक कार्यदिशा र सांगठनीक स्वरुपमा प्रारम्भिक सहमति भएको थियो । दुई अध्यक्षबीच पार्टीको नेतृत्व दुवै जनाले संयुक्त अध्यक्षका रुपमा गर्ने, सानो आकारको पार्टी कमिटी बनाउने, पदाधिकारी नराख्ने लगायतका विषयमा सहमति भएको छ ।
पदाधिकारीका विषयमा भने आज बस्ने एकता संयोजन समितिको बैटकमा थप छलफल हुने छ । आजै दुई पार्टीबीच एकताको सन्देश दिनेगरि केही निर्णय हुने वाम गठबन्धनका नेताहरुले बताएका छन् ।