मुलुकलाई अघि बढाउन सबै दलहरुबीच सहकार्य आवश्यक : सभापति थापा | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८२, मंगलबार

मुलुकलाई अघि बढाउन सबै दलहरुबीच सहकार्य आवश्यक : सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफ्नो सरकारको नेतृत्व पाए आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले आगामी ५ वर्षको अवधि मुलुकलाई विकास र सुशासनमा परिणाम दिने गरी हरेक क्षणको सदुपयोग गर्ने प्रतिज्ञासहित अघि बढेको जिकिर गर्नुभएको हो ।

सभापति थापाले विगत केही समय यता सबै दलहरु सरकार बनाउने र टिकाउने धन्दामा लागेकाले अब परिणाम आउने गरी काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।

सभापति थापाले मुलुकलाई अघि बढाउन सबै दलहरुबीच सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नुभयो ।

Leave a Reply