एजेन्सी । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले जेनेभामा भएको अमेरिकासँगको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा राम्रो प्रगति भएको बताउनुभएको छ । उहाँले आगामी सोमवार भियनामा प्राविधिक वार्ता हुनेछ ।
इरानको विदेश मन्त्री सैयद अब्बास अराघचीले राज्य सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा तेहरान र वाशिंगटनबीच जेनेभामा भएको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा राम्रो प्रगति भएको र चाँडै चौथो चरणको वार्ता हुने बताउनुभयो ।
अराघचीकाअनुसार वार्तालाई मुख्य रूपमा ओमानका विदेश मन्त्री सय्यिद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले मध्यस्थता गर्नुभएको थियो । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले पनि केही क्षेत्रमा प्राविधिक योगदान दिए । जसलाई फाइदाजनक ठानिएको छ ।
यो पछिल्लो वार्ता इरान र अमेरिकाबीच बढ्दो तनाव र पश्चिम एसियामा अमेरिकी सैन्य निर्माणको बीचमा भएको हो । सअघिका पहिलो र दोस्रो चरणको वार्ता यसै महिनाको सुरुमा ओमानको राजधानी मस्कट र जेनेभामा भएका थिए । यो वार्ताले आणविक सम्झौताको सम्भावना बढाएको देखिन्छ, तर अझै धेरै चुनौती बाँकी छन् ।





