प्रतिनिधि सभा निर्वाचन : सात दिन बाँकी, कर्णालीका तीन सय ५९ मतदानस्थल अति संवेदनशील | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

प्रतिनिधि सभा निर्वाचन : सात दिन बाँकी, कर्णालीका तीन सय ५९ मतदानस्थल अति संवेदनशील

काठमाडौं । जेनजी आन्दोलनपछि यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब सात दिन मात्र बाँकी रहेको छ ।

निर्वाचन सुरक्षालाई लक्षित गर्दै निर्वाचन आयोग ले कर्णाली प्रदेशका ३ सय ५९ वटा मतदानस्थल अति संवेदनशील रहेको जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय का अनुसार प्रदेशका १० जिल्लामध्ये ३५९ मतदानस्थल अति संवेदनशील, ४२२ संवेदनशील र १६० सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ ।

प्रदेशभर ९ सय ४१ स्थायी र १८ अस्थायी गरी ९ सय ५९ मतदानस्थल रहेका छन् । कुल १ हजार ४ सय ५५ मतदान केन्द्रमध्ये ४४६ अति संवेदनशील, ६९७ संवेदनशील र २८४ सामान्य अवस्थामा रहेका जनाइएको छ ।

कर्णालीमा एक मात्र केन्द्र भएका ५२५ स्थल, दुई केन्द्र भएका ३५३, तीन केन्द्र भएका ४९, चार केन्द्र भएका १२, पाँच केन्द्र भएको एक र छ केन्द्र भएको एक स्थल रहेको छ । १८ अस्थायी स्थलमा एक/एक केन्द्र रहेका छन् भने थप मतदान केन्द्रको संख्या ४९६ रहेको छ ।

प्रदेशमा १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई/दुई तथा बाँकी आठ जिल्लामा एक/एक निर्वाचन क्षेत्र रहेको छ ।

कुल मतदाता संख्या १० लाख ३ हजार ७१८ रहेको कर्णालीमा ५४ गाउँपालिका र २५ नगरपालिका रहेका छन् । सुरक्षा व्यवस्थालाई सुदृढ पार्दै निर्वाचन सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply