जय ट्रफीमा पुलिसको जित, वागमती र आर्मीको ‘ड्र’ | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

जय ट्रफीमा पुलिसको जित, वागमती र आर्मीको ‘ड्र’

काठमाडाैं । शंकर रानाको शतक र स्पिनर ललित राजवंशीको उत्कृष्ट बलिङमा नेपाल पुलिस क्लवले जय ट्रफी मेन्स इलाइट कपमा पहिलो जित आत्मसात गरेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा पुलिसले मंगलवार एपिएफलाई ९ विकेटले हराउँदै जय ट्रफीमा पहिलो जित निकालेको हो । मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभूवन आर्मी क्लव र वागमती प्रदेश बीचको खेल भने ‘ड्र’ भयो ।

पुलिसको जितमा स्पिनर ललित र ब्याटर शंकरले उत्कृष्ट प्रदर्शन गरे । शंकरले शतक प्रहार गर्दा ललितको नाममा कुल ९ विकेट रह्यो । ललितले पहिलो इनिङमा चार र दोस्रो इनिङमा पाँच विकेट लिए । ललित म्यान अफ दि म्याच पनि भए । कुल चार  टोली खेलिरहेको जय ट्रफीमा पुलिसले पहिलो खेलमा आर्मीसँग हार व्यहोरेको थियो । दोस्रो खेलमा उत्कृष्ट बलिङ र ब्याटिङपछि एपिएफलाई हराउन सफल भयो ।

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल नेतृत्वको एपिएफको यो दोस्रो हार हो । एपिएफले एक सय १३ रनको लक्ष्य दियो । त्यो लक्ष्य पुलिसले मात्र एक विकेट गुमाएर भेट्टायो । पुलिसको जितमा ओपनर कुशल भुर्तेल ७१ रनमा अविजित बनाए । उनले ५३ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । अमित श्रेष्ठले ३२ रनमा अविजित रहे । कुशल र अमितले दोस्रो विकेटका लागि ९० रनको साझेदारी बन्यो । सोहेल कुँवर ७ रनमा आउट भए । एपिएफको बलिङमा भुवन कार्कीले १ विकेट लिए । पहिलो इनिङमा एपिएफ १८५ रनमा अलआउट भयो । पुलिसले दुई सय ७७ रनमा सात विकेट गुमाएर इनिङ समाप्तीको घोषणा ग¥यो । पहिलो इनिङ समाप्तीमा एपिएफ ९२ रनले पछि थियो ।

दोस्रो इनिङमा एपिएफ दुई सय ४ रनमा अलआउट भयो । यससँगै पुलिसले एक सय १३ रनको लक्ष्य पाएको हो । दोस्रो इनिङमा एपिएफका ओपनर दीपक बोहोराले ९४ रन जोडे । १ सय २९ बलमा उनले ९ चौका र तीन छक्का प्रहार गरे । अमरसिंह राउटेला ३२, आसिफ शेख २१ तथा सन्दीप जोरा ११ रनमा आउट भए । पुलिसको बलिङमा ललित राजवंशीले पाँच, कुशल भुर्तेलले तीन तथा सागर ढकाल र शंकर रानाले समान एक विकेट लिए । त्यसअघि नेपाल पुलिसले टस जितेर बलिङ गर्ने निर्णय ग¥यो । एपिएफको पहिलो इनिङमा सुमित महर्जनले ५५ रनको अर्धशतक बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।
पुलिसको बलिङमा ललित र सागर ढकालले समान ४ तथा कुशलले दुई विकेट लिए । पहिलो इनिङमा पुलिसले दुई सय ७७ रन बनायो । मध्य क्रमका ब्याटर शंकर राना एक सय ५ रनमा नटआउट भए । १ सय ५५ बलमा शंकरले तीन चौका र पाँच छक्का प्रहार गरे । दिलशाद अलीले ५८ र राशिद खानले ३० रन बनाए । एपिएफको बलिङमा इर्साद अहमद, अभिशेष गौतम, भुवन कार्की, युवराज खत्री, अमर रौटेला र सन्दीप जोराले समान एक विकेट लिए । पुलिसले ३७.५ अंक र एपिएफको ३८ अंक भएको छ । ओपनर आशुतोष घिरैयाको दुई अर्धशतकमा वागमतीले आर्मीविरुद्धको दोस्रो खेलमा ड्र गर्न सफल भएको छ । पहिलो खेलमा एपिएफले वागमतीलाई हराएको थियो । तर दोस्रो खेलमा सुधारिएको ब्याटिङपछि सन्दीप लामिछानेको कप्तानीमा रहेको वागमतीले जित निकाल्यो ।

वागमतीका आशुतोष प्लेअर अफ दी म्याच भए । उनले पहिलो इनिङमा ७७ रन र दोस्रो इनिङमा ७६ रनको अर्धशतक बनाए । वागमतीले एक सय १८ रनको लक्ष्य दियो । त्यो लक्ष्य पछ्याएको आर्मीले चार विकेटको क्षतिमा ३९ रन बनायो । एकै ओभरमा सन्दीप लामिछानेले तीन विकेट लिए । यससँगै दोस्रो दिनको खेल पूरा भयो र खेल ‘ड्र’ भयो । पहिलो इनिङमा वागमतीले सात विकेटको क्षतिमा दुई सय ५९ रन बनायो । आर्मीले सात विकेटको क्षतिमा ३ सय ५२ रन बनाएपछि इनिङ समाप्ती घोषणा ग¥यो । आशुतोषसँगै रित गौतमले ५६ रनको अर्धशतकीय इनिङ बनाए । दोस्रो इनिङमा वागमतीले तीन विकेटको क्षतिमा दुई सय १० रन बनाएपछि इनिङ समाप्ती गर्यो ।

Leave a Reply