नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक हो : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक हो : कमल थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको रुपमा लिएको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।

नेता थापाले विगत लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा बामपन्थी विचार र शक्तिहरुको वर्चश्व रहेको उल्लेख गर्दै नेपाली काँग्रेसले पनि सोही विचारधाराअनुसार आफूलाई अघि बढाएको दाबी गर्नुभयो । उहाँले नेपाली समाजमा वैदिक मूल्य, मान्यता र परम्पराले जरो गाँडेर बसेको भएपनि त्यसको विपरित साम्यवाद, माक्र्सवाद र समाजले डोहो¥याउने काम भएकाले मुलुकमा बिडम्वनापूर्ण अवस्था आएको जिकिर समेत गर्नुभयो ।

नेता थापाले मुलुकलाई सही बाटोमा अघि बढाउन हिन्दु राष्ट्रसहितको राजसंस्थाको अपरिहार्य आवश्यक्त रहेको अडान समेत दोहोर्याउनुभयो ।

Leave a Reply