काठमाडाैं । राष्ट्रिय सभा सदस्य सुमित्रा विसीले प्रधानमन्त्री सुशीला कार्की निर्वाचन दुई चरणमा पनि हुनसक्छ भनि दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सो आपत्ति जनाउनुभएको हो ।
सांसद विसीले तोकिएको मितिमा एकैपटक देशभर सम्पन्न गर्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांंसद विसीले एकैचरणमा निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले त्यसबाट भाग्ने प्रयास गर्न नहुने समेत बताउनुभयो ।





