काठमाडौं,१ फागुन । प्रदेशले नै मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहको गाडीको व्यवस्था गर्नुपर्ने भएको छ । तत्काल कुनै नयाँ सवारी किन्ने व्यवस्था नभएकाले प्रदेशभित्र रहेका गाडीहरु नै प्रयोगमा ल्याउनुपर्ने गृह मन्त्रालयले जनाएको छ । गृहको आन्तरिक व्यवस्था शाखा (ख)का उप सचिव यदुनाथ पौडेलले विभिन्न मन्त्रालय र विभागका गरी ९० वटा सवारी सबै प्रदेशमा पठाइएको बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद, गृहमन्त्रालय र शाखाको पहलमा गाडीको व्यवस्थापन गरिएको उनको भनाइ छ । प्रदेश १ मा १३, २ मा १४, ३ मा १३, ४ मा १४, ५ मा १४, ६ मा १४ र ७ नम्बर प्रदेशमा १३ वटा गाडी पठाइएको खबर आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ ।