संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

साउन १३ २०८३, बिहीबार

संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना वा निर्वाचनसम्बन्धी फैसला अविलम्व गर्न सर्वोच्च अदालतलाई आग्रह गर्नुभएको छ । नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिक दल र संसदका अधिकांश सांसदहरूले सर्वोच्च अदालतमा असंवैधानिक कार्यविरुद्ध निवेदन दिएको सन्दर्भ जोड्दै अदालतलाई मौन बस्न नमिल्ने बताउनुभयो । उहाँले भदौ २३ र २४ गते भएको उत्पात (जनआन्दोलन÷जेन–जी विद्रोहपछि उत्पन्न अराजकता) लाई लिएर देशलाई भयानक संकटमा पारिएको, राज्य संयन्त्र कमजोर बनाइएको तथा असंवैधानिक ढंगले सरकार गठन गरी संसद् विघटन र चुनावको मिति तोकिएको आरोप लगाउनुभयो । अदालतको मौनताले संवैधानिक संस्थामाथि प्रश्न उठ्ने बताउनुभयो ।

अध्यक्ष ओलीले अदालत मौन बस्न नपाउने र कुनै पनि बहानामा ब्युरोक्रेटिक अर्डर वा मौनता अपनाउन नहुने स्पष्ट पार्नुभयो। सरकारको काम स्वतन्त्र, निष्पक्ष, धाँदलीरहित निर्वाचन गर्नेतर्फ हुनुपर्ने बताउनुभयो । सरकार तटस्थ रहेर स्वच्छ निर्वाचन गराउनुपर्ने बताउनुभयो । सरकार यदी निश्चित व्यक्तिलाई जिताउनेतर्फ लागे त्यस्तो निर्वाचन स्वीकार्य नहुने चेतावनी दिनुभयो । त्यसले देशमा ठूलो अनिष्ठ पैदा गर्ने बताउनु भयो । सरकारले जे पनि गर्दा हुन्छ भन्ने सोचे देशका लागि नै अनिष्ठ हुने चेतावनी दिनुभयो

Leave a Reply

ताजा समाचार