काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताउनुभएको छ । काठमाडौंमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अहिले प्रधानमन्त्रीका उम्मेदवारहरु कोही भदौ २३ र कोही भदौ २४ का रहेको भन्दै काँग्रेसको उम्मेदवार माघ १ को रहेको जिकिर गर्नुभयो । उहाँले सबै कुराको आत्मालोचना गरेर काँग्रेस अघि बढेको र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको बताउनुभयो । उपसभापति शर्माले सद्भाव, सुशासन र समन्नुत अहिलेको मुख्य मुद्दा भएको बताउनुभयो ।
उहाँले अहिले नेपाली समाजलाई सबैभन्दा बढी चाहिएको कुरा सद्भाव भएको बताउनुभयो । उहाँले निर्वाचनमा हारजित कुनै नौलो कुरा भएको बताउनुभयो । उपसभापति शर्माले काँग्रेस अब देश परिवर्तनका निम्ति आत्मालोचनासहित अघि बढिरहेको बताउनुभयो ।





