आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले बहुमत ल्याउँछः वामदेव गौतम | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले बहुमत ल्याउँछः वामदेव गौतम

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षसँगको समायोजन कार्यक्रममा बोल्दै उहाँले सो जिकिर गर्नुभएको हो । नेता गौतमले निर्वाचनमा विजयी भएपछि आफ्नो पार्टीको सरकारले बेरोजगारी समस्याको अन्त्य गर्नेगरी समाजवादको आधार तयार पार्ने समेत बताउनु भयो ।

उहाँले हरेक विद्रोहलाई शान्तिमा परिणत हुनेगरी वामपन्थी शक्तिहरुबीचको एकता अभियानलाई आफूहरुले अघि बढाएको पनि बताउनु भयो ।  नेता गौतमले साना साना नदीरुपी पार्टीहरुलाई मिलाएर आफ्नो पार्टीले समुन्द्रको रुपमा लिएको बताउनु भयो ।

Leave a Reply