काठमाडाैं ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले गरेको काम नेपालका लागि एउटा सफल मोडेलका रूपमा स्थापित भएको दाबी गर्नुभएको छ ।मंगलवार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सो दाबी गर्नुभएको हो । उहाँले मुलुलकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन बनाउँदै घर–घरमा रोजगारी सिर्जना उज्यालो नेपाल पार्टी प्रतिबद्ध रहेको बताउनु भयो ।
मुलुकलाई कुषि, खानेपानी र रोजगारीको क्षेत्रमा आत्मनिर्भर हुनको लागि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनेपालाई मतदान गर्न आह्वान पनि गर्नुभयो । अध्यक्ष घिसिङले हाल मुलुक परनिर्भरतातर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सफल भएपनि क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताउनुभयो । उहाँले मुलुकको समग्र विकासका लागि रोडम्यापसहित छिट्टै पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने बताउनु भयो । उहाँले यातायात, शिक्षा र स्वास्थ्य तथा विद्युत समेत निःशुल्क गर्ने भिजन आफूसँग रहेको दाबी पनि गर्नुभयो ।





