राष्ट्र निर्माणमा जुट्न शैक्षिक जनशक्तिलाई प्रधानमन्त्रीकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

राष्ट्र निर्माणमा जुट्न शैक्षिक जनशक्तिलाई प्रधानमन्त्रीकाे आग्रह

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा विद्यमान संकटहरुको डटेर सामना गर्नुपर्ने बताउनुभएको छ ।  काठमाडौंमा आयोजित नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले देशमा देखिएका बेथितिहरुको अन्त्यका लागि डटेर अघि बढ्नुपर्ने बेला आएको स्पष्ट पार्नुभयो । त्यस अवसरमा उहाँले राष्ट्र निर्माणमा जुट्न पनि शैक्षिक जनशक्तिहरुलाई आग्रह गर्नुभयो । विश्वविद्यालयबाट आर्जन गरेका ज्ञान र सीप स्वदेशमा नै भरपुर उपयोग गरेर उच्च शिक्षा हासिल गरेकाहरु राष्ट्र निर्माणको अभियानमा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री कार्कीको भनाई थियो ।

उहाँले उच्च शिक्षा हासिल गरेर वाह्य मुलुकमा गएका विद्यार्थीहरुले राष्ट्रले गर्वं गर्न लायक नागरिक भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले उच्च शिक्षा प्रदायक संस्थाहरुलाई अझै गतिशील भएर अघि बढ्न पनि सचेत गराउनुभयो ।

प्रधानमन्त्री कार्कीले कार्कीले खुला विश्वविद्यालयले समयको गति र प्रवाहलाई आत्मासात गर्दै अघि बढ्नुपर्ने समेत बताउनुभयो ।

 

Leave a Reply