तीन सदस्यीय मन्त्रिमण्डल गठन, शलिकराम जम्कटेललाई कानुन र केशव स्थापितलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी
हेटौंडा, २९ माघ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद बहाली गरेका छन् । प्रदेश नम्वर तीनको अस्थायी मुकाम हेटौंडास्थित प्रदेशप्रमुखको कार्यालयमा सपथग्रहणपछि उनले पदबहाली गरेका हुन् ।
पदबहालीपछि मुख्यमन्त्री पौडेलले प्रदेश नम्बर ३ को १३ वटा जिल्लामा नमूना शहर बनाउने प्रतिवद्धता जनाए । मुख्यमन्त्रीे पौडेलले हेटौँडामा रहेको शहीद स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
आइतबार प्रदेशप्रमुख अनुराधा कोइरालाले पैडेललाई प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । १ सय १० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत छ । १७ सांसद रहेको माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा पौडेललाई समर्थन गरेको छ ।
यसैबीच मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल र एमालेबाट केशव स्थापित मन्त्री बनेका हुन् ।
जम्मरकट्टेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाने भएका छन् भने स्थापितले भौतिक पूर्वाधार मन्त्री बनेका छन् । नवनियुक्त दुबै मन्त्रीलाई आजै प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी छन् ।